काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा ११ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर तोलामा ९६ हजार ४०० रुपैयाँ पुगेको छ ।
यस्तै आज तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
सोमबार प्रतितोला १३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।