बैशाख २०, २०८१, बिहीबार
               

शेयरधनीको खातामा समता लघुवित्तको लाभांश

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौ । समता लघुवित्त वित्तीय संस्थाले ६.३२ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा पठाउने भएको छ । 

कम्पनीको पुस १४ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ६.३२ प्रतिशत नगद गरी कूल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

यस कम्पनीले पुस ४ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिने भएको हो । यस अवधिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

यस्तैगरी, समताले नगद लाभांश खातामा जम्मा नभएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न अनुरोध गरेको छ, अपडेट गरेपछि लाभांश पाइनेछ । 

यो पनि