बैशाख २०, २०८१, बिहीबार
               

एनसीसी बैंकको सेयर मूल्य समायोजन

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । एनसीसी बैंकको सेयर मूल्य समायोजन भएको छ । 

नेप्सेको सोमबारको अन्तिम कारोबार मूल्य ३५७ रुपैयाँका आधारमा १०.२७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ३२४ रुपैयाँ निर्धारण भएको छ । 

उक्त मूल्यलाई आधार मानेर आज (मंगलबार) बैंकको सेयर कारोबार खुल्नेछ । 

यस बैंकको माघ ९ गते बस्ने साधारण सभाको लागि आज (मंगलबार ) बुक क्लोज गरेको छ । पुस २० गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।  

उक्त लाभांश बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.२७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५४ प्रतिशत गरी कूल ११ प्रतिशत लाभांस वितरण गर्न लागेको हो ।


कस्तो लाग्यो ?

यो पनि