बैशाख २०, २०८१, बिहीबार
               

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ ।  

यस बैंकले साधारण सभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गर्ने भएको छ, त्यसैले लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । 

बैंकले २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ५.५० प्रतिशत गरी कूल १८.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । 

यस्तै, बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने छ । बैंकले अधिकृत पुँजी बढाएर १८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश गर्नेछ ।

साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासगँ गाभिने सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ । 

यो पनि