बैशाख २१, २०८१, शुक्रबार
               

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ २ गतेबाट बिक्री खुल्ला

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ माघ २ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ । 

देशकै सबैभन्दा ठूलो चुक्ता पुँजि भएको नेपाल इन्फ्रास्ट्रचर बैंकले निष्काशन गर्न लागेको ८ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । 

उक्त आइपीओको कुल सेयरमध्ये ०.२० प्रतिशत बराबरको १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने ५ प्रतिशतको ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् । बैंकले प्रतिकित्ता १ सय अंकित मूल्यमा आइपीओ जारी गर्न लागेको हो । 

यस आइपीओमा लगानीकर्ताले छिटोमा माघ ६ गतेसम्म र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सक्ने छन् । यो नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ हो । 
 
उक्त आइपीओ बिक्री प्रबन्धकको लागि एनआइबीएल एस क्यापिटल रहेको छ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 

यो पनि