बैशाख २१, २०८१, शुक्रबार
               

महामारीका कारण यसवर्ष निर्यातमा १२ अर्ब रुपैयाँ घाटा, कुनमा कति ?

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसका कारण यसवर्ष १२ अर्ब रुपैयाँको निर्यातमा घाटा भएको छ । नेपाल निर्यात परिषद्ले सोमबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसले स्वदेशी वस्तुहरुको उत्पादन बन्द भएपछि निकासी घटेको परिषद्का अध्ययक्ष हरि कार्कीले बताए ।

 ‘निकासी हुने पस्मिना सल, हस्तकला लगायतका वस्तुहरु ठमेलमा प्रया बन्छन् । ठमेल पर्यटकीय स्थल पनि हो। जहाँ धेरै पर्यटकको जमघट हुने हो। तर कोरोनाका कारणले पर्यटन क्षेत्र नै ठप्प भएपछि निर्यात पनि रोकियो। यसले नेपाली स्वदेशीको वस्तुको निर्यात कम भयो।’ अध्ययक्ष कार्कीले बताए ।

 

पाँच महिनाको कस्तो थियो निर्यातको अवस्था ?

नेपालले भटमासको तेल, यार्न, गलैंचा, अलैची, जुट तथा जुटका उत्पादन, तयारी पोशाक, चिया, फेल्ट, जुस, कपडा, पश्मिना शल, फलाम, चाऊचाऊ, जडिबुटी, मञ्जन, जुत्ता, सारतेल, खोटो, हातेकागज, अदुवा, हस्तकलाका सामान, तामाका उत्पादन, मसुरो, सुतिका झोला, चाँदीका गहना, छाला र पामतेल वस्तुहरु निर्यात गर्छ ।

आ.व. ०७६-०७७ पाँच महिनामा नेपालबाट निर्यात भएको वस्तुको विवरण 

भटमासको तेल – ३.०९ प्रतिशत निर्यात भएको भटमासको तेल चालु आर्थिक वर्षको सोही अवधिमा १०.४२ प्रतिशतले बढेर १३.५१ प्रतिशत निर्यात भएको परिषदको तथ्यांकमा उल्लेख छ ।

अलैची – ०७६-०७७ को पाँच महिनामा १.८६ प्रतिशत निर्यात भएको अलैची चालु आर्थिक वर्षको सोही अवधिमा १.२१ प्रतिशत बढेर ३.०७ प्रतिशत निर्यात भएको छ । यस्तै सोही अवधिमा २.४२ प्रतिशत निर्यात भएको जुट तथा जुटका उत्पादन चालु आर्थिक वर्षको सोही अवधिमा ०.४ प्रतिशतले वृद्धि भएर २.८२ प्रतिशत निर्यात भएको छ ।

चिया – सोही अवधिमा १.४५ प्रतिशत चिया निर्यात गरेकामा चालु आर्थिक वर्षको साही अवधिमा १.११ प्रतिशतले वृद्धि भई २.५६ प्रतिशत निर्यात भएको परिषदले तथ्यांक सार्वजनिक गरको छ ।

फेल्ट – सोही अवधिमा १.२ प्रतिशत निर्यात भएको फेल्ट चालु आर्थिक वर्षको सोही अवधिमा ०.७३ प्रतिशतले वृद्धि भई १.९६ प्रतिशत निर्यात भएको छ ।

पश्मिना – पश्मिना  सल चालु आर्थिक वर्षको साही अवधिमा ०.२ प्रतिशतले बढेर १.२६ प्रतिशत निर्यात भएको छ ।

चाउचाउ – चाउचाउ चालु आर्थिक वर्षमा ०.३२ प्रतिशत निर्यात भएको छ ।

जडिबुटी – जडिबुटी चालु आर्थिक वर्षको  ०.६४ प्रतिशत निर्यात भएको छ ।

हातेकागज – हातेकागज ०.२७ प्रतिशत निर्यात भएको छ ।

अदुवा – अदुवा ०.२७ प्रतिशत निर्यात भएको छ ।

चाँदीको गहना –  चाँदीको गहना०.११ प्रतिशत निर्यात भएको छ भने यार्न चालु आर्थिक वर्षको सोही अवधिमा ०.४३ प्रतिशतले घटेर ३.२ प्रतिशत निर्यात भएको छ ।

गलैचा  – गलैचा ३.११ प्रतिशत निर्यात घटेको छ ।

तयारी पोशाक – तयारी पोशाक २.६७ प्रतिशत निर्यात भएको छ ।

जुट  – १.५१ प्रतिशत, कपडा १.२९ प्रतिशत,  फलाम  १.३४ प्रतिशत, मञ्जन ०.५ प्रतिशत, जुत्ता ०.४ प्रतिशत मात्रै निर्यात भएको छ ।

त्यस्तै सोही अवधिमा ०.३५ प्रतिशत निर्यात भएको खोटो चालु आर्थिक वर्षको सोही अवधिमा ०.०४ प्रतिशत घटेर ०.३१ प्रतिशत मात्रै निर्यात भएको छ भने हस्तकला सामान  ०.३९ प्रतिशत, मसुरो ०.१९ प्रतिशत, छाला  ०.०५ निर्यात भएको छ ।

यस्तै सोही अवधिमा ११.५२ प्रतिशत निर्यात भएको पामतेल चालु आर्थिक वर्षमा निर्यात नभएको परिषद्ले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि