बैशाख २०, २०८१, बिहीबार
               

कुमारी बैंकद्वारा नौ शाखा विस्तार

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । कुमारी बैंक लिमिटेडले नौं नयाँ शाखाको भर्चुअल उद्घाटन गरेको छ ।

सो बैंकले सोमबार उपत्यकामा सात र उपत्यकाभन्दा बाहिरका दुई गरी कुल नौ शाखा विस्तार गरेको हो ।  उपत्यकामा  बाफल, नयाँपाटी, खुसिबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटमा छन् भने उपत्यका बाहिर बेलबारी र फिक्कलमा छन् ।

उपत्यकामा उद्घाटन सम्बन्धित ठाँउबाट भए पनि मोबाइल प्रविधिबाट विद्युुतीय माध्यममार्फत बैंकको केन्द्रीय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले बैंकका उच्च पदाधिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न गरे । 

यसैगरी, बेलबारी शाखा बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा गरे । त्यस्तै, फिक्कल शाखाको उद्घाटन पनि बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले संयुक्त रुपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिनालगायत सम्बन्धित शाखा प्रबन्धक तथा शाखा पधादिकारीहरुको उपस्थितिमा सम्पन्न गरे । 

यो पनि