काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
यस बैंकको सभा प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कायम रहेका शेयरधनीले लाभांश सुरक्षित गर्न पाउनेछन् ।
बैंकले १०.२७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।