बैशाख २१, २०८१, शुक्रबार
               

ज्योति विकास बैंक लिमिटेड १३औं वार्षिक साधारणसभा माघ १४मा

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १३औं वार्षिक साधारणसभा माघ १४ गते गर्ने भएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । शेयरधनीहरुलाई मिटिङ्ग आइडी र पासकोर्ड उपलब्ध गराउने बैंकले जनाएको छ । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म शेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

उक्त सभाले चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर पारित गर्ने छन् । नेप्सेमा पुस २८ गतेसम्म कारोबार भई प्रचलित कानुन बमोजिम बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी किताबमा कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र उक्त बोनस शेयर प्राप्त गर्ने छन् ।  

यस बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने सन्दर्भमा आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिनेछ साथै, सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि