बैशाख २१, २०८१, शुक्रबार
               

नेशनल माइक्रोफाइनान्स लघुवित्तले २७ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेको छ ।

यस कम्पनीको हिजो (आइतबार) बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिने बैंकले जनाएको छ ।

यो पनि