बैशाख २१, २०८१, शुक्रबार
               

प्राइम कमर्सियल बैंकको शेयरको मूल्य समायोजन

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्राइम कमर्सियल बैंकको शेयरको मूल्य समायोजन गरेको छ । 

यस कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात आइतवार कायम अन्तिम शेयरमूल्य ४६८ को आधारमा शेयरमूल्य समायोजन भएको हो । नेप्सेले १५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ४०७ तोकेको छ ।

कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमबार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारणसभा गर्ने भएको छ,सो सभा कम्पनीको आफ्नै केन्द्रीय कार्यालय कमलपोखरी,काठमाडौंमा बिहान १० बजे बोलाएको हो ।  


कस्तो लाग्यो ?

यो पनि