जेठ ०४, २०८१, शुक्रबार
               

सिद्धार्थ बैंक लिमिटेडको १९ औँ वार्षिक साधारणसभा माघ १६ गते

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १९ औँ वार्षिक साधारणसभा माघ १६ गते हुने भएको छ । 

पुस १४ गते बसेको सो बैंकको सञ्चालक समितिको बैठकले आम्रपाली बैंङ्क्वेट,बालुवाटार,काठमाडौंमा विहान ११ बजे भर्चुअल प्रविधिमार्फत सभा आयोजना गर्ने जनाएको छ । साथै सो बैंकले आफ्ना  ग्राहकका लागि मिटिङ आइडी र पासपोर्ड उपलब्ध गराउने पनि जनाएको छ । 

हाल बैंकको चुक्ता पूँजी नौ अर्ब ७८ करोड ७७ लाख छ । बैंकले साधारणसभा प्रयोजनका लागि पुस २८ गते एक दिन शेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) गर्नेछ । सभाले चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

सभाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने सम्बन्धमा योजना बनाउनेछ । 


कस्तो लाग्यो ?

यो पनि