जेठ ०४, २०८१, शुक्रबार
               

बुटवल पावर कम्पनीद्वारा २५ प्रतिशत लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । बुटवल पावर कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस कम्पनीले १० प्रतिशत बोनस शेयर १५ प्रतिशत नगद गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६८ करोड ३८ लाख रहेको छ । १० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको पूँजी  २ अर्ब ९५ करोड २२ लाखभन्दा बढी पुग्नेछ । हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३९६ रहेको छ । 

उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको लाभांश पुस १६ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । 


कस्तो लाग्यो ?

यो पनि