जेठ ०४, २०८१, शुक्रबार
               

एनआइसीको स्वामित्वमा रहेका ४ वटा कम्पनीको संस्थापक सेयर लिलामी

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । एनआइसी एसिया बैंकको आफ्नो स्वामित्वमा रहेका ४ वटा कम्पनीको संस्थापक सेयर आज (आइतबार) बाट लिलामीमा बिक्री खुला गरेको छ । यसमा पुस २४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । 

यस बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्सुरेन्सको १ लाख ९० हजार ३७४, एसियन लाइफ इन्सुेन्सको १ लाख ३० हजार २९० कित्ता र नेसनल लाइफ इन्सुरेन्सको १ लाख ३ हजार ९७६ कित्ता सेयर गरी ६ लाख २७ हजार २०० कित्ता लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १७ सय १५, सूर्या लाइफ इन्सुरेन्सको सेयरमा न्यूनतम ३३७, एसियनको सेयरमा न्यूनतम ४६९ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ५५० मूल्य राखेर आवेदन दिन सक्नेछन् । 

उक्त आवेदनका लागि चार वटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र अन्य शाखा  विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।


कस्तो लाग्यो ?

यो पनि