जेठ ०४, २०८१, शुक्रबार
               

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा हुने

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा गर्ने निर्णय गरेको छ । 

यस कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ गोलाप्रथाको माध्यमबाट ५ लाख ४० हजार लगानीकर्ताले जनही १० कित्ताको दरले शेयर प्राप्त गरेका हो । 

कम्पनीको २ करोड कित्ता साधारण शेयर शुक्रवारमात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । पीएलआई स्टक संकेतबाट मेरो शेयरमा उक्त शेयर जम्मा भएको हो । 

अब कम्पनीको पहिलो कारोबार आइतवारदेखि हुँदैछ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०९.५६ पैसादेखि ३२८.६८ पैसा तोकेको छ । 
 

यो पनि