जेठ ०४, २०८१, शुक्रबार
               

बीमा समितिले दियो एकैदिन ६ करोड कोरोना बीमाको दावी भुक्तानी

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना बीमा कम्पनी (पुल) ले बिहीबार  छ करोड रुपैयाँ कोरोना संक्रमण भई बीमा दावी गरेका बीमितलाई भुक्तानी दिएको छ । 

बिहीवारसम्ममा एक अर्ब ८० करोड २८ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी गरेको छन् । बिहीबार एकै दिन बिमा कम्पनीमा ८०० भन्दा बढी कोरोना संक्रमित बीमितको फाईल प्रमाणिकरण भएको छ । यस अघि बुधबार एक अर्ब ७४ करोड ८० लाख ५० हजार रुपैयाँ दावी भक्तानी भएको थियो । 

यसैगरी,कुल प्रमाणित कोरोना संक्रमितको फाईलको संख्या ३६ हजार ६८३ पुगेको छ । बीमा पुलमा पुगेको फाईलको आधारमा यो तथ्याङ्क प्रकाशित गरिएको हो, उक्त तथ्याङ्क अनुसार कोरोना बीमा दावी गर्नेको संख्या ७० हजार भन्दा बढि देखिन्छ । 


कस्तो लाग्यो ?

यो पनि