जेठ ०४, २०८१, शुक्रबार
               

नेपाल फाइनान्सको सेयर लिलामी खुल्यो

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल फाइनान्सको आज (शुक्रबार) बाट ५ लाख १५ हजार २४८.२५ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ । 

यस कम्पनीको शेयर संस्थापक समूहका लागि २ लाख ५५ हजार ७८.७५ कित्ता र सर्वसाधारण समूहका लागि २ लाख ६० हजार १६९.५० कित्ता सेयर रहेको छ । 

उक्त शेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्ने छ । यसको अन्तिम म्याद पुस २४ गतेसम्म तोकिएको छ ।

यसअघि कम्पनीले मंसिर ४ गतेबाट २४ गतेसम्म १६ लाख ९७ हजार ५०६.२५ कित्ता (१२५ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

हाल यस कम्पनीको चुक्ता पुँजी १३ करोड ५८ लाख ३१ हजार रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको लिलामी सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३० करोड ५५ लाख पुग्नेछ ।

यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं तथा नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंबाट र अन्य जिल्ला विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिनेछ ।


कस्तो लाग्यो ?

यो पनि