जेठ ०४, २०८१, शुक्रबार
               

इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले ३ प्रतिशत लाभांश दिने

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चालित मुनाफाबाट ३ प्रतिशत कूल लाभांश दिने घोषणा गरेको छ । 

यस कम्पनीको हिजो (बिहिबार) बसेको सञ्चालक समितिको बैठकले साे निर्णय गरेको हाे ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १३ करोड २६ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले २.८५ प्रतिशत बोनस शेयर र ०.१५ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश दिने निर्णय गरेको हो । बोनस वितरणपछि उक्त पूँजी १ अर्ब १६ करोड पुग्नेछ । 

उक्त लाभांश आगामी साधारणसभाबाट पारित भएपछि सर्वसाधारणले पाउनेछन् ।

यो पनि