जेठ ०४, २०८१, शुक्रबार
               

मेगा बैंकको सेयर मूल्य समायोजन

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । मेगा बैंकको सेयर मूल्य समायोजन भएको छ । 

नेप्सेले यस बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको छ । समायोजनपछिको मूल्य २५० रुपैयाँ निर्धारण भएको छ ।

नेप्सेले बिहीबार अन्तिम कारोबार मूल्य २७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

यहि मूल्यलाई आधार मानेर आइतबारबाट यस बैंकको सेयर कारोबार खुल्नेछ भने,पुस २९ गते बस्ने साधारण सभाका लागि आज(शुक्रबार) बुक क्लोज गर्ने छ ।

जसअनुसार हिजो (पुस १६ बिहीबार) गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।  

उक्त लाभांश बैंकको आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद लाभांश गरी १३.०५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।


कस्तो लाग्यो ?

यो पनि