जेठ ०४, २०८१, शुक्रबार
               

चन्द्रागिरि हिल्सले २४ गते आईपीओ खुला विक्री गर्ने

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले पुस २४ गतेदेखि साधारण शेयर (आईपीओ) सर्वधारणका लागि बिक्री खुला गर्ने भएको छ । 

यस कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता शेयर मध्ये ४ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहेको १३ लाख ९६ हजार ४४ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो भने, सर्वधारणले प्रतिकित्ता १०० अंकित आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

उक्त आईपीओले ईक्रा नेपालबाट ईक्रा एनपी आई आर डबल बी रेटिङ प्राप्त गरेको छ । 

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यस अघी नै प्रभावित क्षेत्रका सर्वसाधारणलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ । 

उक्त आईपीओमा पुस २४ गतेदेखि छिटोमा पुस २८ गतेसम्म र ढिलोमा माघ १० गतेसम्म आवेदन दिन सकिने छ । 

यो पनि