जेठ ०३, २०८१, बिहीबार
               

ओरालो लाग्यो सुनको मूल्य

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । स्थानीय बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला  १०० रुपैयाँले ओरालो लागेको छ । 

आज छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोवार हुने गरी मूल्य तोकिएको छ । 

छापावाला सुन हिजो (बुधबार) भने प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८५० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

बुधबार प्रतितोला ९१ हजार ९५० रुपैयाँमा कारोवार भएको तेजाबी सुनसमेत तोलामा १०० रुपैयाँले घटेको हो । 

यसैबीच, चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी हिजोकै मूल्य  प्रतितोला एक हजार २०० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि