जेठ ०२, २०८१, बुधबार
               

एनसिसी बैंकको २३ औं वार्षिक साधारणसभा माघ ९ गते

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसिसी बैंक) को २३ औं वार्षिक साधारणसभा माघ ९ गते हुने भएको छ ।

बैंकको हिजो (बुधबार) बसेको सञ्चालक समितिको बैठकले उक्त साधारणसभा गर्ने निर्णय गरेको हो ।

बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजे सभा भर्चुअल माध्यमबाट साधारणसभा आयोजना गरिनेछ । 

उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को चुक्तापूँजीको १०.२७ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । 

बैंकको साधारणसभा प्रयोजनको लागि पुस २१ गतेदेखि एक दिन शेयर दाखिल दर्ता बन्द (बुक क्लोज) रहने छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २० गतेसम्म कारोबार गर्ने शेयरधनीहरुले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

साथै, यस बैंकले अरु कुनै बैंक तथा वित्तीय संस्थासगँ एकआपसमा गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने, राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्न आवश्यक कार्यका लागि सम्पूर्ण काम अगाडि बढाउँने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव गर्ने एजेण्डा रहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि