बैशाख ३०, २०८१, आइतबार
               

१५६ मिलियनबराबरको ऋण सम्झौतामा हस्ताक्षर

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

सरकारले गर्‍यो  १५६ मिलियबराबर को ऋण सम्झौतामा हस्ताक्षर गरेको छ । बुधबार सरकारले एसियाली विकास बैंक (एडिबी) सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर गरेको हो । 

नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि अर्थ मन्त्रालयमा नेपाल सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुन् ।

सो ऋण लिनुको मुख्य उद्देश्य विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको विद्युत् प्रसारण एवं वितरण प्रणालीमा सुधार, विद्युत् आपूर्तिलाई दिगो र भरपर्दो बनाउन र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने बताइएको छ ।

विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाबाट विद्युत् चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि