जेठ ०२, २०८१, बुधबार
               

बीमा कम्पनीहरुबाट संक्रमितले बुझे दुई अर्बसम्मको रकम

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमित भई बीमा दावी गरेका बीमित १७ हजार ३९४ जना संक्रमितले लगभग पौने दुई अर्ब रुपैयाँ दावी भुक्तानी लिएका छन् । 

सो रकम २० वटा बीमा कम्पनी तथा नेपाल पुनर्बीमा कम्पनीबाट प्राप्त रकम बीमितहरुले पाएका हुन् ।

बीमा समितिका अनुसार उल्लेखित संक्रमितहरुले हिजो (मंगलबार) सम्म कूल एक अर्ब ६९ करोड ४९ लाख रुपैयाँ दावी भुक्तानी बुझिसकेका छन् । 

बीमा समितिका अनुसार स्वास्थ्ये सेवा विभागमा चार हजार ३३० वटा फाईल पेण्डिङ्मा रहेका छन् भने दोहोरो दावी भुक्तानीको लागि माग गर्ने ९० जनाको फाईल भुक्तानी नदिने  निर्णय कम्पनीले गरेको छ । 

यस कम्पनीको नियम अनुसार एउटा कम्पनीबाट दावी भुक्तानी माग गरेपछि फेरी अर्को कम्पनीबाट दावी भुक्तानी माग गर्न पाइने छैन । दोहोरो दावी भुक्तानी रोक्नका लागि कोरोना पिसि आर रिपोर्टलाई प्रमाणित व्यवस्था स्वास्थ्य सघंले गरेको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि