जेठ ०२, २०८१, बुधबार
               

सिटिजन्स म्युचुअल फण्डको खुद सम्पत्तिको मूल्य बढ्यो

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड मंसिर मसान्तसम्म  म्युचुअल फण्ड अन्तर्गत सञ्चालित १ र २ दुवै योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको छ ।

यस सिटिजन्स म्युचुअल फण्डको कात्तिक मसान्तसम्ममा २ को प्रतिइकाई खुद सम्पत्तिको मूल्य ११.४५ रुपैयाँ रहेकोमा मंसिर मसान्तमा वृद्धि भएर १२.३७ पुगेको छ भने म्युचुअल फण्ड १ को प्रतिइकाई खुद मूल्य गत कार्तिकको तुलनामा बृद्धि भई ११.३५ रुपैयाँबाट ११.९८ रुपैयाँ पुगेको छ ।

कात्तिक मसान्तमा ९ करोड ५५ लाख ३६ हजार रुपैयाँ नाफा गरेकोमा मंसिर मसान्तमा वृद्धि भएर १४ करोड ७९ लाख १४ हजार रुपैयाँ पुगेको छ । 

कात्तिक मसान्तको तुलनामा मंसिर मसान्त दुवै सामूहिक लगानी कोषको खुद नाफा बृद्धि भएको हो । सामूहिक लगानी कोषमा न्याभ बृद्धिको आधारमा ईकाईको मूल्य तलमाथि हुने गर्दछ ।

यो पनि