जेठ ०३, २०८१, बिहीबार
               

एसबिआई बैंकको सेयर मूल्य समायोजन

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । एसबिआई बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

समायोजनपछिको मूल्य ३८५ रुपैयाँ निर्धारण भएको छ । यहि मूल्यलाई आधार मानेर आज (बुधबार) यसको सेयर कारोबार खुल्नेछ । नेप्सेले मंगलबार अन्तिम कारोबार मूल्य ४०८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

बैंकको पुस २८ गते बस्ने साधारण सभाको लागि आज (बुधबार) बुक क्लोज गरेको छ । जसअनुसार हिजो (मंगलबार) सम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन् । 

बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।


कस्तो लाग्यो ?

यो पनि