जेठ ०३, २०८१, बिहीबार
               

चन्द्रागिरि हिल्सको आइपिओ आज बाँडफाँट हुँदै

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरि हिल्सको आइपिओ आज (बुधबार पुस १५ गते) बाँडफाँट हुँदैछ । 

यस कम्पनीको आइपिओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको आफ्नै कार्यालय नक्सालमा दिउसो ३ बजे आइपिओ बाँडफाँड हुन लागेको हाे । 

चन्द्रागिरि हिल्सले मंसिर १७ गतेदेखि पुस १ गतेसम्ममा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपिओ निष्काशन गरेको थियो । 

यस आइपिओमा १६ करोड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ जसमध्य ४ हजार ८१४ जनाले १६ लाख ८५ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५.४९ गुणा बढी भएको छ । 

यसमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरि नगरपालिका र मकवानपुर जिल्लाका बासिन्दाले आवेदन दिन सक्ने व्यवस्था थियो । 

यसले चन्द्रागिरि थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ । स्थानीयलाई बिक्री गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ खुला गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि