जेठ ०२, २०८१, बुधबार
               

नबिल बैंकको लाभांश प्रस्ताव रोक्का

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नबिल बैंकलाई लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । 

यस बैंकको विदेशी साझेदार एनबी इन्टरनेशनलमा लाभदायिक स्वामित्व नखुलेकाले यसको लाभांश प्रस्ताव रोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यस बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश गरि कुल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश बार्षिक साधारणसभाको स्वीकृतको लागि आबेदन दिएको बैंकले उक्त बिदेशी साझेदार कम्पनीमा लाभदायिक स्वामित्व खुल्ने कागज उपलब्ध नगराउदा सम्म लाभांश रोक्का गरिने राष्ट्र बैंकले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि