जेठ ०२, २०८१, बुधबार
               

सानिमा डिबेञ्चरमा आवेदन दिने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सानिमा बैंकको पुस १ गतेदेखि बिक्रि खुल्ला भएको ८.५० प्रतिशत व्याजदर भएको १० वर्षे ऋणपत्रमा आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको छ । 

यस बैंकले पुस १ गतेदेखि पुस ५ गतेसम्म बिक्री खुल्ला गरेको भए पनि निष्कासन प्रयोजनको लागि तयार गरिएको विवरणपत्रको दफा ग २२ (ठ) मा भएको व्यवस्था अनुसार  समय थपेर पुस १५ गतेसम्म ऋणपत्रमा आवेदन दिन पाईने व्यवस्था भएकाले आज कार्यलय सयमसम्म आवेदन दिन सकिन्छ ।  

सानिमा बैंकले १ हजार रुपैयाँ अंकित मूल्यका कुल  २ अर्ब ४० करोड रुपैयाँको ४० लाख कित्ता ऋणपत्र खुल्ला गरेको छ । यो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ता आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । 

उक्त ऋणपत्र बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड र सानिमा बैंक लिमिटेडको रजिष्टर्ड कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। 

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वितीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् । 


कस्तो लाग्यो ?

यो पनि