जेठ ०२, २०८१, बुधबार
               

भारतीय सेयर बजार ऐतिहासिक उचाइमा

एजेन्सी
पुस १४, २०७७

ADVERTISEMENT

भारतीय शेयर बजार उच्च बढोत्तरीका साथ ऐतिहासिक उचाइमा पुगेको छ । मंगलबार भारतीय सेयर बजार भारी विदेशी लगानीका कारण बढेको बताइएको छ । 

भारतीय सेयर बजार मंगलबार सेन्सेक्स ११६.८६ अंकको बढोत्तरीका साथ ४७ हजार ४७०.६१ को बिन्दुमा पुगेको छ ।यसैगरी निफ्टी इन्डेक्स पनि २३.५५ अंकको बढोत्तरीका साथ १३ हजार ८९६.७५ को बिन्दुमा कारोबार  भइरहेको छ । 

यद्यपि कारोबारका क्रममा सेन्सेक्सले ४७ हजार ५८६.७४ र निफ्टीले १३ हजार ९६७.६० को स्तर छोएको छ । 

बजारमा बढोत्तरीसँगै बिएसइमा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण पनि १८६.९५ लाख करोड रुपए पुगेको छ । सुरुवातमा बजार पूँजीकरणले १८८ लाख करोड रुपएको स्तरलाई छोएको थियो ।


कस्तो लाग्यो ?

यो पनि