जेठ ०३, २०८१, बिहीबार
               

सानिमा इक्वीटी फण्डको एनएभी २ गुणाले बढ्यो

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डको एनएभी झण्डै २ गुणा बढेको छ ।  

सानिमा इक्वीटीको प्रतिइकाई खुद मूल्य कात्तिक मसान्तमा ११.८२ रहेको, मंसिर मसान्तमा आइपुग्दा बढेर १४.८७ पुगेको छ । 

यस योजनाले सानिमा फण्डको मंसिर मसान्तसम्म ५४ करोड ३८ लाखभन्दा बढी नाफा कमाएको छ । सो नाफा कात्तिक मसान्तमा २७ करोड ६७ लाख थियो । 

यसको आफ्नो सम्पत्ति १ अर्ब ९३ करोड ३१ लाख ८४ हजार ४८३ पुगेको छ । गत कात्तिक मसान्तसम्म यो योजनाको आफ्नैँ सम्पत्ति १ अर्ब ६६ करोड ६० लाख ९२ हजार ६८९ थियो । 


कस्तो लाग्यो ?

यो पनि