जेठ ०३, २०८१, बिहीबार
               

चिनियाँ नाका बन्द हुँदा नेपालमा फलफूल महँगियो

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं । छिमेकी देश चीनसँगको उत्तरी नाका बन्द हुँदा नेपालमा सबै वस्तुमा महँगी बढेको छ । फलफुल, लत्ताकपडालगायत मेसिनरी सामानको भाउ ह्वात्तै बढेको हाे ।

चीनसँगको मुख्य नाका तातोपानी र केरुङ ठप्प हुँदा भारतको कोलकाता हुँदै सामग्री नेपाल ल्याउनुपर्ने बाध्यता छ । ढुवानीको लागत बढ्दा नेपालमा अहिले फलफुलको भाउ पनि आकासिएको छ ।

कोरोना भाइरसको जोखिमसँगै बजारमा स्याउको भाउ २५ देखि ३० प्रतिशले बढेको छ । सय रुपैयाँमा पाइने स्याउ अहिले खुद्रामा दुई सय ५० रुपैयाँसम्म पुगेको छ । ढुवानी खर्च पनि यही अनुपातमा बढेकाले भाउ बढेको नेपाल फलफुल थोक व्यवसायी सङ्घका कोषाध्यक्ष काशीराम सापकोटाले बताए ।

नाकामा सहज आवागमन नहुँदा नेपाल आउने स्याउ चीनबाट भारतको कोलकातासम्म पानीजहाजमा ल्याइन्छ । त्यसपछि भारतीय गाडीमार्फत काँकडभित्ता र त्यहाँबाट नेपाली गाडीमार्फत स्याउ काठमाडाैंलगायत नेपाली बजारमा ल्याउने गरेको नेपाल फलफुल थोक व्यवसायी सङ्घका कोषाध्यक्ष काशीराम सापकोटाले बताउनुभयो । यसले गर्दा ढुवानी खर्च बढेको उनको तर्क छ ।

यस्तै, पछिल्ला केही दिनयता पानीजहाजको भाडा पनि बढेकाले नेपाली बजारमा स्याउको भाउ अझै बढ्न सक्ने उनको अनुमान छ । आउँदो माघ महिनाको दोस्रो हप्तादेखि स्याउको भाउ अझै बढ्न सक्ने उनले बताए ।

तातोपानी र केरुङ नाकाबाट सजिलै आवागमन हुँदा सस्तो जातका स्याउ नेपाल भित्रने गरेको थियो । तर नाका बन्द हुँदा छिटो खरिद बिक्री हुने सस्तो जातको स्याउ ल्याउन समस्या भएपछि लामो समयसम्म नबिग्रने गुणस्तरीय जातको स्याउ ल्याउँदा पनि  महँगो पर्न गएको उहाँको भनाइ छ ।

स्वदेशी स्याउले बजार नपाउँदा र मागअनुसारको उत्पादन नहुँदा नेपालमा बर्सेनि सात–आठ अर्ब रुपैयाँ बराबरको स्याउ चीनबाट आयात हुँदै आएको छ । तातोपानी नाकाका भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार अहिले यो नाकाबाट १०–१५ वटा कन्टेनर नेपाल आइरहेका छन्  । तर यी कन्टेनरमा फलफुललगायत नयाँ सामानभन्दा पनि बाटोमा अलपत्र परेका पुरानै सामान आउने गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि