जेठ ०३, २०८१, बिहीबार
               

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले दोस्रौं वार्षिक साधारणसभा माघ ६ गते गर्ने भएको छ । 

यस कम्पनीको सभा तिनकुनेमा रहेको न्यौपानेटावरमा बिहान १० बजे हुने जनाएको छ । उक्त सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बुक विल्डिङ्ग विधिबाट गर्ने प्रस्ताव गर्नेछ । 

सो आईपीओमा सर्वसाधारणले बुक विल्डिङ विधिबाट खरिद गर्दा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । त्यस्तै, यस सभाकाे वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गर्ने एजेण्डा रहेको छ ।  

यो पनि