जेठ ०३, २०८१, बिहीबार
               

एनसिसी बैंकको कर्पोरेट पे प्रणालीको सुरुवात

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल क्रेडिट एन्ड कर्मस बैंक लि.ले ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । 

‘कर्पोरेट–पे’ प्रणाली प्रयोग गर्नका लागि बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सकिन्छ । यस प्रणालीबाट आफैँले तोकिएको कारोबार सीमाभित्र रही कुनै पनि भुक्तानी बैंकको प्रत्यक्ष संलग्नताबिना नै गर्न सकिनेछ । 

यस बैंकले आफ्ना संस्थागत ग्राहकका निमित्त बैक खाता बाटै विद्युतीय भुक्तानी गर्न सकिने प्रणालीको सुरुवातसँगै बैंकले नेपाल क्लियरिङ हाउस (एनसिएचएल)सँग सम्झौता गरी यस्तो सेवाको आरम्भ गरेको हो । 

उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रमेश सापकोटा तथा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

बैंकले १२७ वटा शाखा कार्यालय, १०२ वटा एटिएम, एवं सात वटा एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ ।

यो पनि