जेठ ०३, २०८१, बिहीबार
               

उखु किसान र सरकारबीच वार्ता सुरु

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच वार्ता सुरु भएको छ ।

चिनी मिलले बाँकी बक्यौता वर्षौंसम्म नतिरेपछि सोको भुक्तानीका लागि मंसिर अन्तिम सातादेखि आन्दोलनरत उखु किसान र उद्योग मन्त्रालयका प्रतिनिधिबीच सोमबार वार्ता सुरु भएको हो । 

उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रका उखु किसानले अघि सारेको मागमा मन्त्रालय सकारात्मक देखिएपछि वार्ता सुरु भएको हो । 

आफूहरुले राखेको उद्योगीको सम्पत्ति जफत गरेर भए पनि रकम उठाइदिने निश्चित गर्न प्रस्तावमा मन्त्रालय सकारात्मक भएको उनको भनाइ छ । मिश्रले थपे,’ सो प्रस्तावमा मन्त्रालयले सहमति जनाए आन्दोलन रोक्छौँ ।’

उखु किसानको आन्दोलन निकै चर्किँदै गइरहेका बेला संसद विघटनसँगै केही ओझेलमा परेको छ । तर, उखु किसानको भुक्तानीका सम्बन्धमा प्रतिपक्षी नेपाली कांग्रेससहित केही दलले आवाज उठाउँदै आएका छन् । 

यसअघि आन्दोलनरत उखु किसानको आन्दोलनलाई मन्त्री पनि एक्यबद्धता जनाएका थिए ।

यो पनि