जेठ ०३, २०८१, बिहीबार
               

बीमा समिति निक्षेपका लागि बोलपत्र आह्वान

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । बीमा समितिद्धारा मुद्दती निक्षेपमा लगानी गरेका वाणिज्य बैंक तथा विकास बैंकलाई शिलबन्दी प्रस्तावबा लागि आव्हान गरेकाे छ ।

समितिले सार्वजनिक सूचनामार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई मुद्दती निक्षेपका लागि बोलपत्र आह्वान गरेको हो । वाणिज्य बैंक तथा विकास बैंकले अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा, नोक्सान उल्लेख गरेर, आफुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी १५ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आग्रह गरेको छ ।

त्यस्तै, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोष लगाएका जानकारी सपष्ट रुपमा खुलाएर आवेदन दिन समितिले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि