जेठ ०२, २०८१, बुधबार
               

नागरिक लगानी कोषको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नागरिक लगानी कोषको ८२.८४५ हकप्रद सेयर सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन हो । 

कोषले पुस २९ गतेदेखि हकप्रद सेयर बिक्री गर्न भोली (मंगलबार,पुस १४ गते) बुक क्लोज गर्न लागेको हो । त्यसैले, आजसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद भर्न सक्नेछन् ।
 
यस कम्पनीले १ः०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । 

उक्त शेयर प्रतिकित्ता १०० रुपैयाँको दरले भर्न सकिनेछ । यो शेयर २९ गतेदेखि माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ । सि–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । 

हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडले गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि