जेठ ०२, २०८१, बुधबार
               

सेन्ट्रल फाइनान्स लिमिटेडद्वारा लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

यस कम्पनीको हिजो (आइतबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल यस कम्पनीको चुक्तापूँजी ८२ करोड ३३ लाख ९७ हजार रहेको छ । 

उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
 

यो पनि