जेठ ०२, २०८१, बुधबार
               

अपि पावरको सेयर लिलामी भर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । अपि पावरको लिलामी सेयरमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन हो । 

यस कम्पनीले पुस ६ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । 

उक्त शेयर खरिद गर्न लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकी बोलकबोलमा सहभागी हुनुपर्नेछ । 
 
यस शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगन्ज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, धनगढी, सुर्खेत र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।


कस्तो लाग्यो ?

यो पनि