जेठ ०२, २०८१, बुधबार
               

मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन हो । 

यस कम्पनीको १५.७९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । सो यसको सुरक्षित गर्ने दिन आज अन्तिम लिन रहेको छ । पुस २७ गते वार्षिक सधारणसभा डाकेको बैंकले भोलि (मंगलबार) पुस १४ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्दैछ । त्यसैले आज सोमबारसम्म कायम शेयरधनीले बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।

यस सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि प्रस्ताव गरेको ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । 

यस बैंकका मुख्य एजेण्डामा, अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ । आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने छ साथै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत रहेको छ । 
 
 

यो पनि