जेठ ०२, २०८१, बुधबार
               

स्टिल तथा ग्रीलजन्य फलामको मूल्य अकासियो

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडाैं । ग्रिल तथा स्टिल व्यवसायीहरुले ग्रिलजन्य फलामको मूल्य अस्वाभाविक रुपमा बढेको जनाएका छन् । 

व्यवसायीहरुको छाता संगठन ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रिलजन्य फलामको मूल्य अत्याधिक, अनियन्त्रित र अस्वभाविक रुपमा बढेको बताएका हुन् । 

जसका कारण व्यवसाय नै धरासायी हुने स्थितिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड-१९ को कारण बन्द भएर मारमा परेका उद्योगहरु बिस्तारै सञ्चालनमा आउन नपाउँदै ग्रिलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रितरुपमा भएको उच्च मूल्यवृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । 

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको वृद्धिभन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उनको भनाइ छ । केही सीमित उद्योगीको आपसी मिलेमतोमा ग्रिलजन्य फलामको मूल्य बढाइएको पनि अध्यक्ष कटुवालले बताए । 

बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धिको अनुगमन गरी उचित कारबाही चलाउन सरकारको ध्यानाकर्षण समेत गराए । व्यवसायीहरुले पछिल्लो दुई महिनामा मात्रै ग्रिलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशतभन्दा धेरैले बढेको बताएका छन् । 

नेपालमा ग्रिल व्यवसायले मात्रै वार्षिक ५० अर्ब बढीको ग्रिलजन्य सामग्रीहरुको उत्पादन गर्दै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि