जेठ ०२, २०८१, बुधबार
               

धितोपत्र बोर्डको कमिशन कटौतीप्रति ब्रोकरको असन्तुष्टि

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ६० प्रतिशतसम्म ब्रोकर कमिसन कटौती गरेपछि ब्रोकरहरुले असन्तुष्टि जनाएका छन् ।आम्दानीको अन्य स्रोतहरु नखोली कारोबार मात्रै हेरेर कमिसन कटौती गर्नु दुर्भाग्यपूर्ण भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । 

यसका अलवा उनीहरुले ब्रोकर कमिशन कटौतीमा पुनर्विचार गर्न माग गरेका छन् । व्यवसायीले प्रदान गर्ने सेवाको संख्या वा व्यवसायीको आम्दानीको स्रोत बढाउन मार्जिन ट्रेडिङलाई सञ्चालनमा ल्याउने, ब्रोकर प्रोप्राइटरी ट्रेड, इन्भेस्टमेन्ट एड्भाइजरी, लगानी ब्यवस्थापन, अन्डर राइटिङ, निक्षेप सदस्यता लगायत अन्य सेवा प्रवाह गर्न पाउने कानुनी व्यवस्था मिलाउन पनि उनीहरुको माग छ । 

आइतबार ब्रोकर एसोसियसनले धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाउँदै व्यसायीहरुले गर्न सक्ने कार्यक्षेत्र थप नहुँदा आम्दानीका स्रोतहरु नभएको, बजारको विश्वसनीयता कायम राख्न व्यवसायीले बहन गरेको वित्तीय तथा सञ्चालन जोखिम, उच्च करको दर, लगानीमा प्राप्त प्रतिफल आदि सम्पूर्ण कुरा हेर्दा पश्चिमा देशहरुको भन्दा पनि न्यून रहेको कमिशन दरमा नयाँ लगानीकर्ता आकर्षित गर्ने र बजारलाई गतिशील बनाउने नाममा थप ६० प्रतिशत सम्मको कटौती गर्नु खेदपूर्ण रहेको उनीहरुको भनाइ छ । 

यो पनि