जेठ ०३, २०८१, बिहीबार
               

आशा लघुवित्त वित्तीय संस्थाको बोनस शेयर मूल्य समायोजन

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपली शेयर बजार स्टक एक्सचेञ्ज (नेप्से) ले आज (आइतवार) आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

आज नेप्सेले आशा लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ८७० तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य १००० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

आशा लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न चौथो वार्षिक साधारण सभा पुस २५ गते फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा बोलाएको छ ।  

यसैगरी, यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजका लागि आज (आइतवार) बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

यो पनि