जेठ ०२, २०८१, बुधबार
               

स्वदेशी लघुवित्त वित्तीय संस्थाको छैठौं साधारण सभा माग ४ गते, के छन् एजेण्डा ?

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा हुने भएको छ । 

यस कम्पनीको सञ्चालक समितिको पुस १० गते (शुक्रबार) बसेको बैंठकले २०७६/७७को साधारण सभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा माग ४ गते (आइतबार) बिहान ९ बजे होटल पाथिभराको सभाहल, इटहरीमा साभा गर्ने निर्णय गरेको हो ।

त्यस्तै एनआईसी एशिया लघुवित्तसँग मर्जर सम्बन्धी आवश्यक कार्य गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नुका साथै संस्थाको सम्पत्ति दायित्व र कारोबारको मूल्याङ्ग प्रतिवेदन तथा सोको आधारमा निर्धारण गरेको शेयर आदान प्रदान अनुपात गर्ने एजेण्डा रहेको छ ।  

यसैगरी, कम्पनीको सभाले आर्थिक वर्ष ०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने योजना बनाउने छ । 

यो पनि