काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।
यस बैंकको पुस १० गते बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३.५० प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।