जेठ ०३, २०८१, बिहीबार
               

पक्षाघात बालबालिकाका लागि खाद्यान्न सहयोग

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

गण्डकी । पोखरा फोटोग्रफर संघ महिला उपसमितिले मस्तिष्क पक्षघात भएका बालबालिकालाई सहयोग गरेको छ । दानपेटिकामा संकलन भएको रकम १७ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो ।

उपसमितिले एक वर्षसम्मको अवधिमा संकलित रकमबाट सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको कार्यक्रमकी संयोजक पूर्णकुमारी थापाले जानकारी दिइन् । उनका अनुसार कोरोना भाइरसको असहज परिस्थितिमा पनि संघमा आबद्ध दिदीबहिनीबाट अन्य खर्च कटाएर संकलन गरेको रकम मस्तिस्क पक्षघात भएका बालबालिकालाई प्रदान गरिएको हो ।

मस्तिष्क पक्षाघातका कारण असहज परिस्थितिमा परेका बालबालिकाका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने साथी संसार नेपालका खुमकुमारी रानाको भनाइ छ ।

सो अवसरमा संककी सदस्य नन्दकला पौडेल, पोखरा फोटोग्राफर संकका निवर्तमान अध्यक्ष तुल्सीराम अधिकारीलगायतले फरक क्षमता भएका बालबालिकाका लागि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यो पनि