जेठ ०३, २०८१, बिहीबार
               

नेपाल फाइनान्सको हकप्रद शेयर लिलामी

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले पुस १७ गतेबाट हकप्रद शेयर बिक्रि गर्ने भएको छ ।

लगानीकर्ताले पुस १७ गतेबाट पुस २४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

५ लाख १५ हजार २ सय ४८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो ।

यस फाइनान्सले मंसिर ४ गतेबाट मंसिर २४ गते सम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहको २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार एक सय ६९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । 

लगानीकर्ताले न्युनतम संस्थापकमा १००० कित्ता र सर्वसाधारणमा १०० रुपैँया कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि