जेठ ०३, २०८१, बिहीबार
               

मल्टिपर्पस फाइनान्सले संस्थापक सेयर बिक्री गर्ने

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । 

यस कम्पनीले पुस १७ गतेबाट संस्थापक समूहको १७ लाख ५९ हजार ६२१ कित्ता सेयर बोलकबोलबाट बिक्री खुला गर्ने छ । 

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधारमा माघ २ गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । 

बिक्री प्रबन्धकका लागि सिभिल क्यापिटल रहेको छ । सिभिल क्यापिटलको मुख्य कार्यलय सुन्धारा, काठमाडौं र मल्टिपर्पसको केन्द्रीय कार्यालय, राजविराज सप्तरीबाट आवेदन दिन पाइने व्यवस्था मिलाइएको छ ।

यो पनि