जेठ ०३, २०८१, बिहीबार
               

झन्डै २० करोड बिगोसहित नक्कली भ्याट बिल प्रकरणमा पाँच फार्मविरूद्ध मुद्दा

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडाैं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा विभिन्न व्यापारिक फार्मविरूद्ध अदालतमा मुद्दा दर्ता गरेको छ ।

विभागले ती व्यापारिक फर्म तथा सञ्चालकलाई १९ करोड ९६ लाख रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गर्दै बिहीबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । ललितपुर-२ को कविला सप्लायर्स सेन्टर,  शिवम् प्याकेजिङ सप्लायर्स, काँडाघारीको गौतम सप्लायर्स, बाराको शिवम् ट्रेडर्स एण्ड सप्लायर्स र  पोखरा-२२ को अनुस्का मल्टिप्रप्रोज कम्पनीविरूद्ध अदालतमा मुद्दा दर्ता गरेको हो ।

राजश्व अनुसन्धान विभागले ललितपुर-२ को कविला सप्लायर्स सेन्टरका प्रोप्राइटर नवलकिशोर चौधरीसँग २ करोड १४ लाख ३० हजार २३८ रुपैयाँ बिगो मागेको छ। चौधरी भारती घर भई ललितपुर-२ सानेपा बस्छन् ।

 शिवम् प्याकेजिङ सप्लायर्सकी प्रोप्राइटर सीतादेवी जैसवालसँग ५ करोड ८८ लाख ६५ हजार ९१९ बिगो मागेको छ । उनी धनुषा जनकपुरकी हुन् ।

काँडाघारीको गौतम सप्लाषर्सका प्रोप्राइटर मुकेशकुमार चौधरीसँग ५ करोड ३२ लाख १६ हजार १८८ रुपैयाँ बिगो मागेको छ । रौतहटका उनी कागेश्वरी मनोहरा नगरपालिका-९ बस्छन् ।

यी कम्पनीले नक्कली कर बिजक देखाएर सोहीअनुसार आयकर, मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले जनाएको छ ।

यस्तै, बाराको शिवम् ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइट जगदीश सहनी मलाहसहित सात जनाविरूद्ध ४ करोड ७९ लाख ६९ हजार ४४७ रुपैयाँ बिगो माग्दै मुद्दा दायर गरेको छ ।

यस्तै, पोखरा-२२ को अनुस्का मल्टिप्रप्रोज कम्पनीका प्रोप्राइटर शिवलाल तिम्सिनासहित ३ जनासँग १ करोड ८२ लाख ५३ हजार ४६१ रुपैयाँ बिगो मागेर मुद्दा दायर गरिएको विभागले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि