जेठ ०४, २०८१, शुक्रबार
               

नागरिक लगानी कोषले २८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नागरिक लागानी कोषले निष्कासन गर्न लागको चुक्तपूँजीको १ः०.८३ अनुपातको हकप्रद शेयरमा शेयरधनीहरुले पुस २८ गतेदेखि आवेदन दिन सक्ने भएका छन् । 

१०० अंकित दरले माघ १९ गतेसम्म १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद साधारण शेयरको निष्कासन गर्न लागेको छ ।  

हाल यस कोषको चुक्तापूँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रहेको छ । हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गरेपश्चात् कोषको चुक्तापूँजी ३ अर्ब पुग्ने छ । 

यस कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा पुस १३ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुको लागि उक्त हकप्रद निष्कासन गरेको हो । 

लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरू, नागरिक लगानी कोषको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने जनाएको छ ।


 


कस्तो लाग्यो ?

यो पनि